भारतको कानपुरमा रेल दुर्घटना, ४५ को मृत्यु, सय बढी घाइते


एजेन्सी, ५ मंसिर । 


भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तिमा ४५ जनाको ज्यान गएको छ । आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना एक सय भन्दा धेरै यात्रु घाइते भएका छन् ।

इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या बढ्न सक्ने कानपुर प्रहरीका अधिकारी दलजीत चौधरीले बताएका छन् ।

घाइतेलाई नजिकैका अस्पताल लगिएको छ । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनाका कारण त्यस क्षेत्रको रेलवे सेवा पनि प्रभावित भएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...