फुटबल क्लबका खेलाडसहित ८१ जना बोकेको जहाज दुर्घटना



  • एजेन्सी, १४ मंसिर ।
ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ७२ जना यात्रु र चालक दलका ९ सदस्य गरी ८१ जना रहेको जहाज कोलम्बियामा दुर्घटना भएको छ ।

कोलम्बियाको मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडीसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो । बोलिभियाबाट उडेको चाटर्ड जहाज दुर्घटनामा परेको कोलम्बियाको नागरिक उड्डयन विभागले जनाएको छ ।

टिमले साउथ अमेरिकी क्लब कपको फाइनलमा कोलम्बियाको टिम एथ्लेटिको नेसिओनलसँग बुधबार खेल्न बाँकी थियो । दुर्घटनापछि फाइनल खेल स्थगित गरिएको छ ।

पहाडी क्षेत्रमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ११ बजे जहाज दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । केही मानिस बाँचेको हुन सक्ने अनुमान छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...