चर्चित तरकारीवालीको नाममा बन्यो यस्तो गीत

काठमाडौ,३ मंसिर ।

तरकारी बोकेको फोटोले गर्दा निकै भाईरल बनेकी गोर्खाकी कुसुम श्रेष्ठको चर्चा एकपछि अर्को तरिकाले भइरहेको छ ।

सञ्चार माध्यमले उनको नामनै ‘तरकारीवाली’ राखिदिए भने कोहिले उनी चर्चामा आउनुलाई अर्थहिन भनेका ।  कोहीले उनलाई सपोर्ट पनि गरेका छन् । उनले अहिले मिडिया र सामाजिक सञ्जालमा निकै स्थान पाएकी छिन् ।

मोडलिङ र फिल्मको अवसर पाए काम गर्ने कुसुमको विषयलाई लिएर एक जना गायकले गीत बनाउन पनि भ्याईसकेका छन् ।

‘तरकारीवाली’को चर्चा गर्दै गायक विकास श्रेष्ठले ‘तरकारीवाली’ बोलको गीत बजारमा ल्याएका छन् ।

‘तरकारीवाली’ प्रतिको चर्चा र आलोचनामा आएको अबोधपनबाट प्रभावित भएर आफूले गीत बनाएको गायकको भनाई छ । गीतले कुसुमलाई सहयोग मिल्न सकोस भन्ने उदेश्य गायकको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...