प्रचण्डलाई चेतावनी दिदै उपेन्द्र यादवले भने -आन्दोलनको सामना गर्न तयार हुनुस्
- काठमाडौं, ८ मंसिर ।
बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकार र तीन दलले मुलुकको समस्या समाधान गर्न नचाहेको भन्दै अब 'कि वार कि पार' को संघर्ष गर्ने बताए ।
उनले भने, ‘अब आन्दोलनको विकल्प छैन । यसको निम्ति तयारी समेत थालिएको छ, सरकारले हाम्रो मुद्दालाई सम्बोधन गर्छ भन्ने विश्वास छैन ।’
संघीय गठवन्धनका संयोजक समेत रहेका यादवले सरकारसँग दुई वटा विकल्प रहेको बताए । दुबै बल सरकारको कोर्टमा रहेको भन्दै उनले भने, या त समस्या समाधान हुने किसिमले संविधान संशोधन गरियोस्, होइन भने यो संविधान खारेजीका लागि हुने आन्दोलनको सामना गर्न तयार होस् ।’
सरकारले आफ्नै तालमा ल्याएको संविधान संशोधन विधेयक मान्य नहुने भन्दै उनले गठबन्धनसँग कुनै सहमति नै नगरी बनाइएको विधेयकले झन समस्या ल्याउने बताए ।
उनले सीमांकनको बिषयमा विवादित पाँच जिल्लालाई आयोगको जिम्मा लगाउने प्रस्ताव आफूहरुलाई मान्य नहुने र राजनीतिक सहमतिको आधारमा निर्णय गर्नु पर्ने बताए ।
प्रतिकृया दिनुहोस्
Loading...