कानुनको धज्जी उडाउदै सरकार, उपचारका नाममा कार्यकर्तालाई बाँडियो चार अर्ब

काठमाडौं, ४ मंसिर । 
दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ ।
सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि बरिष्ठ नेतासम्म छन् ।
सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता नेता तथा कार्यकर्तालाई रकम वितरण गर्दै आएको  छ ।
दोस्रो जनआन्दोलनपछि बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल(दुई पटक) माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी सुशील कोइराला र केपी ओली नेतृत्वको सरकार प्रत्येकले नियम मिचेर ठूलो रकम आफ्ना नेता तथा कार्यकर्तालाई वितरण गरेका हुन् ।
व्यवस्थापिका संसदको अर्थ समितिले पटक पटक नियम मिचेर रकम वितरण नगर्न निर्देशन दिंदासमेत सरकारले कार्यकर्ता र नेतालाई मनपरी बाँडन छाडेको छैन् । आजको नागरिक दैनिकमा समाचार छ 

, ,

प्रतिकृया दिनुहोस्

Loading...