जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दश फीट अग्लो सुनामी
एजेन्सी, ७ मंसिर ।
सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । आजको सुनामीले कुनै क्षति पुगेको खवर नआएपनि सुनामीको खतराको जारी रहेको बीबीसीले जनाएको छ ।
भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताए । तर, अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन । उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिए ।
भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको विवरण अहिलेसम्म कूने विवरण आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो । जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।
जापानको कुमामोटो प्रान्तमा अप्रिलमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा भूकम्पका कारण १८ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...