खडेरिका कारण विद्यालय बन्द, एक लाख २५ हजार धेरै प्रभावित
काठमाडौं, ८ मंसिर ।
बोलिभियामा खडेरिका कारण विद्यालय बन्द भएका छन् । बोलिभियामा लामो समयदेखिको खडेरीका कारण तीन राज्यमा निर्धारित समय भन्दा दुई हप्ताअघि नै शैक्षिक सत्र अन्त्य गरिएको बिबिसीले जनाएको छ ।
खडेरीका कारण बोलिभियामा खानेपानीको पनि अभाव भएको छ । तीन राज्यका एक लाख २५ हजार भन्दा धेरै परिवार प्रभावित भएका छन् ।
केही गाउँका बासिन्दाले तीन दिनको एकपटक मात्रै पानी थाप्न पाउने गरेका छन् । राष्ट्रपति एभो मारालेसले सोमबार राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गरेका थिए ।
खडेरी प्रभावित क्षेत्रका बासिन्दालाई शौचालय जान तथा लुगा धुन समस्या भएको छ । खडेरी तथा पानीको समस्या समाधानका लागि केही समयअघि वाटर क्याविनेट बनाइएको थियो ।
वाटर क्याविनेटले ट्यांकर मार्फत पानी वितरण सुरु गरेको छ । खडेरीका कारण सबै भन्दा बढी ला पाज शहर प्रभावित भएको छ । त्यहाँ झण्डै एक महिनादेखि पानीको हाहाकार भएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...