संविधान संशोधनकाे विपक्षमा एमाले भातृ संगठन, दियो आन्दोलन गर्ने धम्की
काठमाडौं, ७ मंसिर ।
संविधान संशोधनमा असहमति जनाउँदै आएको एमालेले त्यसको विरोधमा भातृ संगठनलाई अघि सारेको छ ।
एमाले निकट भ्रातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले बिहान पत्रकार सम्मेलन नै गरेर सहमति बिना संविधान संशोधन नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।
सत्तापक्ष नेकपा माओवादी केन्द्र र कांग्रेसले प्रतिपक्ष एमालेको सहमति बिना पनि संविधान संशोधन गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियू र युवा संघ नेपालले त्यसको विरोध गरेका हुन् ।
सत्तापक्ष नेकपा माओवादी केन्द्र र कांग्रेसले प्रतिपक्ष एमालेको सहमति बिना पनि संविधान संशोधन गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियू र युवा संघ नेपालले त्यसको विरोध गरेका हुन् ।
मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिपक्षको सहमति बिना जबरजस्ती संविधान संशोधन गरे आन्दोलन गर्ने धम्की दिएको हो ।
संविधान संशोधन गर्ने बारेमा सहमति जुटाउन सोमबार बेलुकी बालुवाटरमा बसेको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एमाले नेताहरुको चर्काचर्की नै परेको थियो ।
संविधान संशोधन गर्ने बारेमा सहमति जुटाउन सोमबार बेलुकी बालुवाटरमा बसेको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एमाले नेताहरुको चर्काचर्की नै परेको थियो ।
त्यसपछि एमाले नेताहरु संविधान संशोधन गर्न नहुने भन्दै बालुवाटारबाट हिँडेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...