बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भयो चर्काचर्की
काठमाडौं, ६ मंसिर ।
संविधान संशोधन गर्ने विषयमा सहमति जुटाउन बसेको प्रमुख ३ दलहरुबीचको बैठकमा चर्काचर्की भएको छ ।
संविधान संशोधनको विषयमा छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा कांग्रेस र एमालेसहितको बैठक बोलाएका थिए । तर बैठकमा एमालेले संविधान संशोधन गर्न कुनै पनि हालत नदिने अडान दोहोर्याएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा नआए पनि संविधान संशोधन प्रक्रिया अघि बढाउने सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संकेत गरेका छन् । उनीहरुले एमालेले संविधान संशोधन गर्न नदिने भनेर दम्भ देखाएको आरोपसमेत लगाए ।
प्रधानमन्त्री प्रचण्डले दम्भ नदेखाउन ओलीलाई आग्रह गरेका थिए । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी एमाले पुरानै अडानमा कायम रहे पनि बैठकमा ठोस सहमति भएन ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रक्रिया अगाडि बढाए एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।
यस्तै गृहमन्त्री एवम् कांग्रेस नेता विमलेन्द्र निधिले सरकार र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन गर्नुपर्ने भएकाले एमाले सहमतिमा नआए पनि अगाडि बढ्ने बताए । भने सीमांकन, नागरिकता लगायतका चारवटा विषयमा संविधान संशोधन आवश्यक रहेकाले बुधबार मधेस केन्द्रित दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने बताए ।
यसैगरी माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले संविधानको सर्वस्वीकार्यता बढाउन संशोधन आवश्यक रहेको तर्क गरे ।
एमालेले बोलि फेरेकाले आफूहरु स्तब्ध भएको बताए । उनले संविधान संशोधन गर्नै दिँदैनौं भन्ने एमाले नेताहरुको अभिव्यक्ति दम्भ, अहंकार र गैरजिम्मेवार भएको आरोप लगाए । उनले हामीहरु बिना केही पनि हुँदैन भन्नेजस्तो नठान्न एमालेलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्
Loading...