घरेलु दर्शकको साथमा चम्कियो नेपाल, जापान एक गोलले पराजित

  • दिया चन्द, काठमाडौं, ४ मंसिर । 
नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ । शनिबार (आज)भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरेका हुन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले नेपालका लागि रोमाञ्चक गोल गरे ।

बिमल घर्ती मगरको पासमा बिक्रम लामाले प्रहार गर्दा जापानी गोलरक्षकले बल रोकेका थिए । तर, नियन्त्रणमा लिन नसकेको मौका पार्दै नवयुगले गोल गरेका थिए ।नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेको हो ।


, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...