क्यास्ट्रो क्युबाली क्रान्तिका जीवित कमाण्डर : नेकपा (माओवादी)

  • दिया चन्द, काठमाडौं, १२ मंसिर ।

क्युबेली क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति नेकपा (माओवादी)ले दुख प्रकट गरेको छ ।

नेकपा माओवादीका स्थाई समिति सदस्य तथा अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोला ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यास्ट्रोलाई क्युबा क्रान्तिका जीवित कमान्डर भनेका छन् ।

' क्युबेली क्रान्तिका जीवित कमान्डर कमरेड फिडेल क्यास्ट्रोले क्रांतिकारी कमरेड चे ग्वेभारासंग मिलेर सधैं साम्राज्यवाद विरुद्ध लड्न र समाजवाद खडा गर्न आफ्नो जीवन समर्पण गरि सम्पूर्ण क्रान्तिकारीहरुलाई प्रेरित गर्नुभयो जसकारण ल्याटिन अमेरिकी देशहरुमा एउटा ठूलो प्रभाव पर्यो।' विज्ञप्तिमा भनिएको छ । 'क्यास्ट्रो संसार भरिका कम्युनिष्टहरुको मनमा एउटा उज्यालो ताराका रूपमा सधैं रहनेछ।'

यस्तै क्युबाका जनताहरुको ठूलो नेता, कम्युनिस्ट आन्दोलनको एक उच्च आंकडा र साम्राज्यवाद विरुद्ध प्रतिरोधको एक जीवित इतिहास क्यास्ट्रोलाई क्रान्तिकारीहरुले सधैं आदर गर्नुपर्ने पनि नेकपा माओवादीको भनाई छ।

क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति क्यास्ट्रोको शुक्रबार राति ९० बर्षको निधन भएको थियो ।

उनि संसारमै सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेताका रुपमा पनि चिनिन्छन । क्यास्ट्रोले संयुक्त राज्य अमेरिकाले पटक-पटक पदबाट हटाउन चाहेपनि उनले दशवटा अमेरिकी राष्ट्रपतिहरु कार्यकाल पूरा गरी हटेको आफ्नै आँखाले देखे ।

हेर्नुस् विज्ञप्ति :-

, , ,

प्रतिकृया दिनुहोस्

Loading...