डब्लुएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था अन्त्यको घोषणा

काठमाडौं, ४ मंसिर । 

जिका भाइरसको संक्रमण अब अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले घोषणा गरेको छ ।

जिका भाइरसको संक्रमण फैलिँदै गएपछि ९ महिनाअघि डब्लुएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको थियो । 

जिका भारइसको संक्रमण विश्वका ३० भन्दा बढी देशमा फैलिएपछि गर्भमा रहेका बालबालिका बढी प्रभावित भएका छन् ।

जिका भाइरसको सबै भन्दा बढी संक्रमण भएको ब्राजिलमा दुई हजार एक सय भन्दा धेरै बालबालिकामा यस्तो समस्या देखिएको छ । 

आपतकालिन अवस्था अन्त्यको घोषणा गरिए पनि जिका भाइरस संक्रमणको खतरा अझै रहेको र यसलाई विशेष महत्वका साथ हेरिनु पर्नेमा भने डब्लुएचओले जोड दिएको छ । यसका कारण टाउको सानो भएका बालबालिकाको जन्म हुने गरेको छ ।

सन् १९४७ मा पहिलो पटक युगाण्डामा बाँदरमा जिकाको संक्रमण फेला परेको थियो । मानिसमा भने सन् १९५४ मा नाइजेरियामा भेटिएको थियो । त्यसपछि अफ्रिकामा महामारिको रुपमा फैलिएको जिका दक्षिण पूर्वी एसिया तथा प्यासिफिक आइल्याण्डमा देखिएको थियो । सन् २०१५ को मेमा ब्राजिलबाट सुरु भएको जिकाको संक्रमण निकै छिटो विश्वभर फैलिएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...