सवारी लाइसेन्सका लागि आजदेखि फारम दर्ता खुल्यो
काठमाडौं, ८ मंसिर ।
दसैँअघिदेखि बन्द भएको सवारी लाइसेन्सको लागि दर्ता बुधबारदेखि खुल्ला भएको छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली जारी भएपछि फेरिएको व्यवस्था अनुसार सफ्टवेयर सुधारको काम गर्नुपर्ने भन्दै दसैँ लगत्तै नयाँ लाइसेन्स वितरणको काम रोकिएको थियो ।
सफ्टवेयर सुधारको काम सकेकाले सबै अञ्चलमा नयाँ लाइसेन्स वितरणको काम सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । बिहान ६ देखि १२ बजेसम्म नयाँ लाइसेन्सको लागि फारम वितरण हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।
दैनिक कम्तिमा पनि पाँच सय जनाले नयाँ लाइसेन्सको लागि फारम भर्ने भएकाले दसैँदेखि मंगलबारसम्ममा २० हजार सेवाग्राही प्रभावित भएका विभागको अनुमान छ । संशोधित नियमावली अनुसार लिखित परीक्षा उत्तिर्ण गरेका व्यक्ति, ट्रायलमा अनुत्तिर्ण भए तीन महिनाभित्र अर्को दुई पल्ट ट्रायल दिने व्यवस्था गरिएको छ ।
यसले लाइसेन्स लिने व्यक्तिलाई सहज हुने विभागले जनाएको छ । यसअघि ट्रायलमा अनुत्तिर्ण भए, तीन महिनापछि मात्र फेरि ट्रायल दिन पाउने व्यवस्था थियो ।

प्रतिकृया दिनुहोस्
Loading...