राप्रपा नेपाल र राप्रपाबिच आज पार्टी एकताको घोषणा हुँदै

काठमाडौं, ६ मंसिर ।

राप्रपा नेपाल र राप्रपाबिच सोमबार पार्टी एकताको घोषणा हुँदैछ । 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकताको घोषणाको तयारी पूरा भएको दुवै पार्टीले बताएका छन् ।

नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ भने पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा तथा राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा बन्नेछन ।

त्यस्तै, एकतापछि झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्नेगरी दुवै दलले यसअघि नै सहमति गरेका छन् । तीन महिनाभित्र महाधिवेशन हुने र दुवै पक्षका पदाधिकारी यथावत रहनेछन् ।

२५ सांसद रहेको राप्रपा नेपाल र १२ सांसद रहेको राप्रपाका एकतापछि ३७ जना सांसद हुनेछन् । अहिले सरकारमा रहेको राप्रपा र सरकार बाहिर रहेको राप्रपा एकीकरणपछि राप्रपा सत्तारुढ दल हुनेछ ।

एकीकरणले हिन्दु गणतन्त्रलाई मूख्य सिद्धान्त बनाएर राष्ट्रवादीहरुलाई एकताबद्ध बनाउने अभियानमा सहयोग पुग्ने दुवै पार्टीको विस्वास छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...