मुलपानी क्रिकेट मैदान एक महिनाभित्र सरकारलाई हस्तान्तरण हुने


काठमाडौं, ८ मंसिर ।

काठमाडौंको मुलपानीमा बनिरहेको क्रिकेट मैदानको काम लगभग सकिएको निर्माण कम्पनीले जनाएको छ । 

मैदान निर्माणको काम सकिएको र प्याराफिट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको मैदान निर्माणको मुख्य ठेकेदार कम्पनी प्रेरा मुन्ना एन्ड आचार्य जेभीका प्रमुख ध्रुव रिजालले जानकारी दिए।

मैदानमा दुवो रोप्ने, पिचको पूर्वाधार तयार पार्ने, वरपर पर्खाल लगाउने, ढल हाल्ने जस्ता काम सकिएका र अबको एक महिनामा सरकारलाई हस्तान्तरण हुनेछ रिजालको भनाइ छ ।

मैदानको छेउमा १५ हजार दर्शक बस्न मिल्ने प्याराफिटको काम पनि अन्तिम चरणमा पुगेको छ । प्याराफिटका ९ वटा ब्लकमध्ये ८ वटाको निर्माण पुरा भैसकेको छ । प्याराफिटको निर्माण सकिएपछि त्यसको तलपट्टि पार्किङ तथा अफिसियलहरु बस्ने कोठा बन्नेछन् ।

तर १० जनाको ५२ आना जग्गाले मैदान पूर्ण रुपमा भने नबन्ने भएको छ ।अरुको विवाद मिले पनि मैदान बन्ने ठाउँका १० जनाले जग्गाको अचाक्ली महँगो मुआब्जा मागेकाले ५२ आना जग्गाको विवाद मिलेको छैन । १० जनामध्ये ८ जनाले आफ्नो जग्गा बारबेर गरेर राखेका छन् भने दुई परिवारले त टहरा बनाएरै बसेका छन् ।

वरपर चलेको जग्गाको भाउ र क्षेत्रफल हेरेर सरकारले बनाएको समितिले उनीहरुलाई प्रतिआना ५ लाख रुपैयाँका दरले मुआब्जा दिने निधो गरेको थियो । तर १० परिवारले प्रतिआना ८ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्ने, नभए त्यती नै जग्गा मैदान वरपर उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...