जुरीखेतमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

  • काठमाडौं, ४ मंसिर । 

मकवानपुरको भिमफेदी गाविसको जुरीखेतमा शनिबार कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । 

दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ च ९२९९ नम्बरको कार जुरीखेतमा भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


घाइतेको भिमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...