श्रुती हसनलाई ज्यान मार्ने धम्की !



बलिउड अभिनेत्री श्रुती हसनले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै उजुरी दर्ता गराएकी छिन् ।

उनले करनाटाका डाक्टर के.जी. गुरु प्रसादले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरी समक्ष उजुरी दिएकी हुन् ।

श्रुतीले उजुरीमा आफुलाई निज गुरु प्रसादले सेप्टेम्बर सात देखि ट्विटरमा निकै सताएको बताएकी छिन् । उनले भनेकी छिन्,‘गुरु प्रसादले मलाई निकै आपत्तिजनक शब्द लेखेर ट्वीटरमा म्यासेज पठाउने गरेका थिए । उनका शब्दहरु अपमानजनक हुने गर्दथे ।’

श्रुतीका अनुसार तीनै गुरु प्रसादले पछिल्लो समय ज्यान मार्ने धम्की समेत दिएपछि आफु बाध्य भएर प्रहरीकोमा उजुरीका लागि पुग्नुपरेको बताएकी छिन् । डाक्टरले श्रुतीलाई भेटेपछि छुरी हान्ने धम्की पनि दिएका थिए ।

आफूलाई मार्ने धम्की दिने गुरु प्रसादका विरुद्ध श्रुतीले साईबर क्राईम केसमा उनीविरुद्ध उजुरी हालेकी हुन् । श्रुतीमाथि सन् २०१३ मा पनि उनकै घरमा आक्रमण भएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...