बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागी मोडल तर्फबाट नोमिनेशनमा ऋतु बोहरा



  • काठमाडौँ ३० कात्तिक ।
बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि वर्षकै सर्वउत्कृष्ठ म्युजिक भिडियो मोडल तर्फबाट ऋतु बोहरा नोमिनेशनमा परेकी छन् ।

सिन्धुपाल्चोक टेकान्पुर ८ स्थायी घर भइ काठमाडौँमा जन्मिएकी ऋतु बोहराले सम्पूर्ण संगीत प्रेमी नेपालीहरुसंग सहयोगको लागि अनुरोध गरेकी छिन् ।

सानैदेखि कलाकारिता क्षेत्रमा अत्यन्त रुची राख्ने उनि अहिले बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि वर्ष कै सर्वउत्कृष्ठ म्युजिक भिडियो मोडल तर्फ बाट नोमिनेशनमा परेकी हुन् ।

आफ्नो बाबा राजु बोहरा र काब्य आचार्यद्वारा स्वर बद्ध रमेश श्रेष्ठ र नवराज गौतमको संयुक्त प्रस्तुति रहेको 'छुट्यो माया जाल' लोकदोहोरी गीतमा प्रस्तुतकर्ता रमेश श्रेष्ठले अफर गरेपछी उनले आफ्नो कलाकारिता यात्राको सुभारम्भ गरेकी हुन् ।

उनलाई आफ्नो उमेर सानो र आफ्नो जोडीको रुपमा यस भिडियोको लागि दुर्गेश थापा सुहाउने भन्दै उनीसंग अभिनय गर्ने इच्छा राखेपछि बिन्ध्यबासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुबाश रेग्मीले दुर्गेश थापा छनोट गरेका थिए ।



सोहि जोडीद्वारा अभिनित 'छुट्यो माया जाल' यस गीतको म्युजिक भिडियो छोटो समयमा नै अशंख्य दर्शकहरुले मन पराएका कारण अहिले सर्व उत्कृष्ठ मोडल दोहोरी तर्फबाट ऋतु बोहरा र दुर्गेश थापाको जोडी बिन्ध्यबासिनी म्युजिक अवार्डको लागि नोमिनेशनमा परेको हो ।

लगत्तै उनले लक्ष्मी न्यौपाने द्वारा स्वर बद्ध 'न्याउली चरी' बोलको गितको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् भने यस बर्षको तिजको समयलाई लक्षित 'किन आएनन्' बोलको गीतको म्युजिक भिडियोले पनि उनलाई उचाइमा पुर्याएको छ ।

उनि बिगत लामो समय देखि रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको हरेक सनिबार बेलुकी ५ बजे प्रसारणमा आउने कार्यक्रम बाल प्रतिभा कि संचालिका समेत हुन् ।

उनि सोहि रेडियोका कार्यक्रम संयोजक राजु बोहरा कि छोरी हुन् । यति बेला उनि आफुले अभिनय गरेको पहिलो म्युजिक भिडियोले नै यति धेरै सफलता प्राप्त गरेकोले मख्ख छिन् भने अझै थप उचाईमा पुर्याईदिनु हुनका लागि आफ्ना सम्पूर्ण सुभचिन्तक श्रोता एवम् दर्शक समक्ष्य अनुरोध गरिरहेकी छिन् ।


सर्वउत्कृष्ट मोडल दोहोरीतर्फ ऋतु बोहरा र दुर्गेश थापा लाई भोट गर्नका निमित्त भोटिंग आइ डी BMA ( space) 29A रहेको छ र ३३००१ मा पठाउन सकिनेछ ।, 



ऋतु बोहरा द्वारा अभिनित 'छुट्यो माया जाल' गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।



,

प्रतिकृया दिनुहोस्

Loading...