संसदवादी व्यवस्थाले जनताको हित हुदैन : विप्लव (भिडियोसहित)




  • काठमाडौँ २० कात्तिक ।
नेकपा (माओवादी)का महासचिव विप्लवले नेपालको संसदवादी ब्यबस्थाले समाधान दिन नसक्ने बताएका छन् । साथै उनले अहिलेको संविधान संशोधन पनी राजनीतिक समाधान नभएको बताए ।

उनले भने 'यो संबिधान नै जन संबिधान बन्न सकेन त्यसैले यही पुरानो ढर्राको संबिधानलाई हजार पटक संसोधन गरेपनि नेपालमा संसदीय व्यवस्था रहेसम्म यो देशको राजनीतिक समस्या समाधान हुदैन ।'

यो संबिधान संशोधनले देशलाई निकास दिने भन्दा पनी झन् विघठनको दिशामा धकल्ने विप्लवको तर्क थियो । विप्लवले अब नेपालमा जनताको संघर्षबाट नयाँ संविधान बनाउनुपर्ने बेला आइसकेको बताए ।

विप्लवले माओवादी निकट नेवाः राष्ट्रि मुक्ति मोर्चाले नेपाल सम्वतकाे अबसरमा शनिबार काठमाडाैँमा आयोजना गरेको शुभकामना अादानप्रदान कार्यक्रममा बोल्दै यस्तो विचार ब्यक्त गरेका हुन् ।

महासचिव विप्लवले नेपालमा मोलमोलाईको राजनीतिक होइन अन्तिम फैसलाको राजनीति गर्नु पर्ने बताउँदै आफ्नो पार्टीले त्यसको तयारी थालि सकोको बताए।

हिजो मात्र नेपालको राजकीय भ्रमण सकेर फिर्ता भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कुटनीतिक नभएर विशेष सम्बन्धका नाममा हस्तक्षेप गर्ने दृष्टिकोण अगाडि सारेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामले इतिहासमा गरेको गल्तीको दोष आफूहरुलाई पनि आएको बताउँदै ‘चोरको छोरा पनि चोर हुँदैन, चोरको छोरा त भन्छन् तर उ इमान्दार पनि हुनसक्छ’ विप्लवले भने ।

सुन्नुहोस अडियो पुरै 

, ,

प्रतिकृया दिनुहोस्

Loading...