क्यान्सर पीडितका लागि एक लाख



  • मोरङ ४ मंसिर ।
पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् ।

टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट सङ्कलित रु एक लाख १५ हजार १२७ शुक्रबार प्रदान गरिएको हो ।

उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरिए पनि क्यान्सर नै भइसकेको भन्दै भारत मुम्बाईको टाटा हस्पिटलले किमोथेरापी विधिबाट उपचार गरिरहेको छ ।

शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर हालसम्म रु १८ लाख बढी रकम खर्च भइसकेको उनका बुबा छत्रबहादुरले बताए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...