सर्बोच्च सिखर सगरमाथा आरोहण गर्न चाहन्छन् दृष्टिविहीन
बागलुङ, ११ मङ्सिर ।
दृष्टिविहीन अमिट केसीले बिश्वको सर्वोच्च शिखर सगरमाथाआरोहण गर्ने योजना बनाएका छन्।
सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लाग्नुभएका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ ।
सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लाग्नुभएका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ ।
उनलाई एउटै डर छ, सगरमाथा चढ्ने सपनाको तगारो पैसा बन्ने त होइन ? यसअघि उहाँले गत वर्ष चैत ८ गते सोलुखुम्बुस्थित छ हजार छ यस ५४ मिको ‘मेरापिक’ र यसै वर्ष वैशाख ८ गते छ हजार एक सय ८६ मिको ‘आइसल्यान्ड पिक’सफल आरोहण गरिसकेका छन् ।
तयारीका क्रममा हालसम्म रु १० लाख खर्च भइसकेको केसीले बताए। “अब मात्र आर्थिक जोहो कसरी जुटाउने भन्ने समस्या छ, पर्यटन मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ” केसीले भने।
तयारीका क्रममा हालसम्म रु १० लाख खर्च भइसकेको केसीले बताए। “अब मात्र आर्थिक जोहो कसरी जुटाउने भन्ने समस्या छ, पर्यटन मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ” केसीले भने।
प्रतिकृया दिनुहोस्
Loading...