दुग्ध चिस्यान सहकारी संस्था लिमिटेड ओख्रे तेह्रथुम को छैटौ साधारण सभा सम्पन्न


  • प्रकाश पाक्साँवा, तेह्रथुम २१ कार्तिक
तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा १ करोड ६६ लाख बराबरको आयब्याय प्रस्तुत गर्दै छथर दुग्ध चिस्यान सहकारी संस्था लिमिटेड ओख्रे ९ को छैटौ साधारण सभा सम्पन्न भएको छ । 

छथर क्षेत्रका दाँगपा सुदाप ओख्रे पञ्चकन्या फाक्चामारा हमरजुङ र आङदिम गाबिसहरुका ४ सय २४ जना शेयर शदश्य रहेको सहकारीे संस्थाले १ करोड ६६ लाख ५ हजार २ सय २० रुपैयाँ बराबरको आबब्याय प्रस्तुत गर्दै छैटौ साधारण सभा सम्पन्न गरेको हो । 

साधारण सभाले पुन बुद्धिमान खुलालको अध्यक्षतामा ११ शदश्यीय नयाँ कार्य समिती चयन गरेको छ । 

समितीको उपाध्यक्षमा धनाश्याम ढकाल शदश्यहरुमा पे्रम बहादुर खड्का नन्द थापा गोपाल कार्की काजीमान आंखेवा मन बहादुर कार्की बाशुकला बिश्वकर्मा तेज बहादुर कटुवाल र सिता खड्का रहेका छन् । 

त्यस्तै नृप क्षेत्रीका संयोजकत्वामा ३ शदश्यीय लेखा समिती गठन गरीएको छ समितीको शदश्यहरुमा युबराज लूईटेल र खगेन्द्र निरौला रहेका छन् । 

साधारण सभामा प्रमुख अतिथी उन्नती परीयोजनामा रमेश भण्डारी बिशेष अतिथी केन्द्रीय पशुपालन सहकारी संघका उपाध्यक्ष डम्बर बहादुर भट्राई त्यस्तै संस्थाका शेयर शदश्य दुर्गा प्रसाद खतिवडा सरस्वती माबिका प्रधानध्यापक टिकाराम बस्नेत ताक्लुङ कुषी सहकारी संस्थाका ब्याबश्थापक डोलेन तिगेलाले शुभकामना मनतब्य राखेका थिए । 

त्यस्तै साधारण सभामा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष घनश्याम ढकालले राख्नु भएको थियो । साधारण सभा संस्थाका अध्यक्ष बुद्धीमान खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...