बिहानै ग्रिन टी पिउनुका फाइदै फाइदा !
दिमाग स्वस्थ राख्छ
चिया, कफीलगायत पेय पदार्थमा भन्दा ग्रिन टीमा क्याफिनको मात्रा साह्रै कम हुन्छ । ग्रिन टीमा पाइनेजति क्याफिन दिमागका लागि राम्रो मानिन्छ ।
ग्रिन टीमा एमिनो एसिड, एल–थियानाइनजस्ता तŒव पनि पाइन्छ, जुन क्याफिनसँग मिसिँदा दिमाग तेज र स्वस्थ हुन्छ । दाँत बलियो बनाउँछ ग्रिन टीम क्याटचिन नामक तŒव पाइन्छ जसले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।
आयु बढाउँछ
जापानमा गरिएको एउटा अनुसन्धानले नियमित ग्रिन टी (पाँच कप अथवा बढी) खानेहरूको आयु बढी हुने गरेको पाइएको थियो । नियमित ग्रिन टी खानेहरूमा हृदयसम्बन्धी रोग र हृदयाघातबाट मृत्यु हुने क्रम कम रहेको पाइएको थियो ।
वजन घटाउँछ
दिनमा दुईदेखि तीन कपसम्म ग्रिन टी खानाले क्यालोरी नष्ट भई वजन घट्न जान्छ ।
क्यान्सरको जोखिम कम गर्छ
ग्रिन टीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । तसर्थ, नियमित ग्रिन टी पिउने व्यक्तिको शरीर चाँडै विकाररहित हुन्छ र क्यान्सर लाग्ने जोखिम कम हुन जान्छ ।
ग्रिनटी खाने महिलालाई स्तनसम्बन्धी क्यान्सर लाग्ने जोखिम २२ प्रतिशतले कम हुन्छ । त्यस्तै यो पेय नियमित खानाले पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम ४८ प्रतिशतले कम हुन्छ ।
कोलेस्ट्रोल सन्तुलनमा राख्छ
ग्रिन टी खानाले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्न पाउँदैन र सन्तुलनमा रहन्छ । स्वास्थ्य खबर
प्रतिकृया दिनुहोस्
Loading...