खोलामा डुबेर बालकको मृत्यु



  • इलाम, ३० कात्तिक ।
इलामको माईखोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । इलाम नगरपालिका–६ तिल्केनी निवासी दावा तामाङका ९ वर्षीय छोरा समिर तामाङको माईखोलामा डुबेर मृत्यु भएको हो ।

साथीसँग घुम्न भनी बिहान घरबाट निस्किएका समिरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

समिर लामो समयसम्म घर नफर्किएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा खोलामा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिनुभयो । शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...