एनआइबिएल क्यापिटलले ६० करोड रुपैयाँ बराबरको 'प्रगति फन्ड निस्कासन' गर्ने !




काठमाडौँ, ९ मङ्सिर |

एनआइबिएल क्यापिटलले ६० करोड रुपैयाँ बराबरको 'प्रगति फन्ड निस्कासन' गर्ने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले १० रुपैयाँ अंकित दरका ६ करोड इकाइ निस्कासन गर्न लागेको हो। 

निष्कासन मङ्सिर १६ गतेबाट सुरु हुने छ । इच्छुक लगानीकर्ताले छिटोमा मंसिर २० गते र ढिलोमा मंसिर ३० गतेसम्म आवेदन भर्न सक्नेछन् । एक जना लगानीकर्ताले न्युनतम १०० इकाई कित्ता र वढिमा ६० लाख इकाई कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले निष्कासन गर्न लागेको ६ करोड इकाइमध्ये सर्वसाधारणका लागि ५ करोड १० लाख इकाइ कित्ता छुट्याइएको छ ।८० लाख इकाइ कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याइएको छ भने बाँकि दश लाख इकाई कित्ता एनआइबिएल क्यापिटलको लागि छुट्याइएको छ ।

एनआइबिएल प्रगति फन्डको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ । 

आवेदन दिने स्थान 

एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट । 

नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु : दरबारमार्ग, न्यु रोड, पुतलीसडक, ठमेल, कालिमाटी, बत्तीसपुतली, गोंगबु,बौध्द , त्रिपुरेश्वर , भोटाहिटी , नयाँ बानेश्वर , धुम्बाराई, लाजिम्पाट, महाराजगंज, पुल्चोक, लगनखेल सिपाडोल । 

उपत्यका बाहिरका सबै शाखाहरुबाट आवेदन भर्न सकिने एनआईबिएल क्यापिटलले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...