कम्प्युटर वैज्ञानिकहरुको दाबी : चुनावमा धाँधली भएको छ, भोट पुनः गणना गरिनुपर्ने !
सिएनएन,९ मङ्सिर |
शीर्ष कम्प्युटर वैज्ञानिकहरुले हिलारी क्लिंटनको अभियानलाई विस्कन्सिन, मिचिगन र पेन्सिल्भानियाका सबै भोटलाई पुनः गणना गर्न आग्रह गरेका छन् ।
कम्प्युटर वैज्ञानिकका अनुसार माथि उल्लेखित तीन राज्यका भोट ह्याक गरिएको वा त्यसमा केही फेरबदल गरेको कुरा क्लिंटनका सहयोगीसामू गत बिहिबार प्रस्तुत गरिएको छ ।
वैज्ञानिकमध्येका एक जे. एलेक्स हाल्दरम्यान, युनिभर्सिटी अफ मिचिगन सेन्टर फर कम्प्युटर सेक्युरिटी एण्ड सोसाइटीका निर्देशका अनुसार जुन राज्यमा विद्युतीय भोटिङ मेसिनमार्फत भोट गरिएको थियो त्यसमा क्लिंटनको लज्जास्पद हारमा केही न केही कारण रहेको छ । पेपर ब्यालोट र अप्टिकल स्क्यानरमा यस्तो स्थिती नरहेको उनको दाबी गरे ।
वैज्ञानिककको उक्त समूहले क्लिंटन अभियानका अध्यक्ष जोन पोडेस्टा र अभियानका वकिल मार्क इलियासलाई यसबारे जानकारी दिएको छ । ‘क्लिंटनले विद्युतीय भोटिङ मेसिन राखिएका राज्यमा ७ प्रतिशत कम भोट जितेकी थिइन्, यो ह्याकको नतिजा हुनसक्छ,’ उनीहरुले आशंका गरे ।
उनीहरुको समूहले पोडेस्टा र इलियासलाई यसबारे प्रमाण नभेटिएकाले भोटलाई पुनः एकपटक स्वतन्त्र ढङ्गले गन्नुपर्ने बताएका छन् ।
यस विषयमा सम्बन्धित वकिल हाल्दरम्यान र जोन बोनिफाज दुबैले मंगलबार बेलुका प्रतिक्रिया जनाउन अस्विकार गरिदिए ।
प्रतिकृया दिनुहोस्
Loading...