यसै महिनाको तेस्रो हप्तामा चार वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर निष्काशन हुँदै !
काठमाडौँ, ९ मङ्सिर | यसै महिनाको तेस्रो हप्तामा चार वटा बैंक तथा वित्तीय संस्थाको दुई करोड ६१ लाख २३ हजार नौ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन हुँदैछ । माछापूछ्रे बैंक, नागबेली लघुवित्त, वेष्टर्न डेभलपमेन्ट बैंक र सेवा विकास बैंकले एक सय रुपैयाँ अंकित दरमा उक्त हकपद्र सेयर जारी गर्न लागेका हुन् । समग्रमा हेर्नुस्, कुन कम्पनीको कति हकप्रद कहिलेदेखि निष्काशित हुँदैछ ?
माछापूछ्रेको हकप्रद १९ गते
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीका लागि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले आगामी मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म उक्त अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । माछापुच्छ्रे बैंकको हाल ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद निष्काशन पछि पुँजी ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।
नागबेलीको हकप्रद २० गते
नागवेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले आगामी मंसिर २० गतेबाट हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ । नागवेली लघुवित्तको हाल २ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।
वेष्टर्न डेभलपमेन्टको २२ गते
वेष्टर्न डेभलपमेन्ट बैङ्क लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयरको निष्काशन मङ्सिर २२ गतेदेखि खुला हुने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको हकप्रद निष्काशन तथा विक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पुस २६ गते सम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत कात्तिक ३० गते सम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछ ।

हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
सेवाको हकप्रद २३ गते
सेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातमा हकप्रद प्रतिशतको हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ५१ लाख ६ हजार ६ सय ६२ कित्ता कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले आगामी मंसिर २३ गतेदेखि निष्काशन हुने हकप्रद २७ गतेसम्म खुला रहनेछ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल सेवा विकास बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख ५५ हजार २ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार ४ सय रुपैयाँ पुग्नेछ ।
प्रतिकृया दिनुहोस्
Loading...