तस्विरमा मध्य तथा सुदुरपश्चिम, काठमाडौँमा प्रर्दशनी

काठमाडौं, २ मंसिर । 

मध्य तथा सुदुरपश्चिमका पर्यटकिय स्थललाई तस्विर तथा भिडियोबाट प्रचार प्रसार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डमा आजबाट ४ दिने प्रदर्शनी सुरु भएको छ । 

मनघरी फाउण्डेशन र घुमफिर नेपालको आयोजनामा फोटो पत्रकार भरत बन्धु थापाले खिचिएका मध्य पश्चिमका १५ जिल्लाका प्रमुख पर्यटकिय स्थलका ५० तस्बीर तथ सुदूर पश्चिमको भिडियो प्रर्दशनिमा राखिएको हो । 

अथाहा पर्यटकिय सम्भावना बोकेका मध्य र सुदूर पश्चिमका पर्यटकिय स्थानका बारे सरोकारवालाहरुको ध्यान पुग्न नसक्दा सो क्षेत्रको पर्यटकिय प्रर्वद्धन हुन नसकेको थापाले बताए । 

उनले उपत्यका भित्र रहेकाहरुलाई यस स्थानका पर्यटकिय स्थलहरुको जानकारी प्रदान गर्ने उद्देश्यका साथ तस्बिर र भिडियो प्रर्दशनी गरिएको बताए । 

यस अघि थापाले तस्बिरमा कैद गरेका मध्य तथा सुदूर पश्चिमका तस्बिर सुर्खेत, दैलेख, नेपालगञ्ज र भक्तपुरमा प्रदर्शन गरिसकेको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...