अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने !



भैरहवा, ९ मङ्सिर । 
रुपन्देहीको धकधई क्षेत्रमा अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ ।

 लोपोन्मुख हुँदै गइरहेको कुस्ती खेलको संरक्षण गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक बजरंग समितिका अध्यक्ष जय प्रकाश धवलले बताएका छन् ।


मंसिर २६ विरहा र २७ देखि २९ गतेसम्म कुस्ती सञ्चालन हुने प्रतियोगिता खेलमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशका पहलवानहरको सहभागीता रहने आयोजकले जनाएको छ ।


नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहसहित २ सय २६ जना पहलवानले भाग लिनेछन् ।


प्रतियोगितामा उत्कृष्ट हुनेले मोटरसाइकल पाउनेछन् भने प्रथम पुरस्कार ५० हजार १ सय, द्वितीय पुरस्कार एलसिडी टि.भी छ ।
स्थानीय लोक संस्कृतिको बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती रहने समितीका अध्यक्ष धवलले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...