बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय !

एजेन्सी, ९ मङ्सिर |

 स्पेनको अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको छ । करछलीको आरोपमा स्पेनको अदालतले नेमारलाई दुई वर्षको जेल सजाय सुनाएको हो ।

सन् २०१३ मा ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना आउने क्रममा भएको करछली आरोपमा नेइमार दोषी पाइएको स्पेनिस अदालतले जनाएको छ । 
न्यायाधीश जोसे पेराल्सले बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेललाई पाँच वर्षको जेल सजाय र ८४ लाख युरो जरिवाना तिर्नु पर्ने फैसला गरेको छ । तर क्लबका अहिलेका अध्यक्ष जोसेप मारिए बार्टोमेउ विरुद्धको आरोप भने फिर्ता भएको छ ।

स्पेनिस कानुन अनुसार दुई वर्षसम्मको जेल सजायमा जेलमा गएर बस्नु पर्दैन । यस अनुसार नेइमारले दुई वर्षको जेल सजाय भएपनि जेलमा भने बस्नु पर्दैन । बार्सिलोनाका पूर्व अध्यक्ष रोसेल, नेइमार तथा उनका बुवाले फैसला विरुद्ध अपिल गर्ने तयारी गरेका छन् । 


,

प्रतिकृया दिनुहोस्

Loading...