पर्वत महोत्सवको तयारी सुरु



पर्वत, ३ मङ्सिर ।

पर्वत उद्योग वाणिज्य सङ्घले आगामी माघ १३ देखि २२ गतेसम्म आयोजना गर्ने पाचौं पर्वत महोत्सवको तयारी सुरु गरेको छ । करिब साढे २ महिना बाँकी रहँदा महोत्सवका अन्य तयारी सुरु गरिएको हो ।

तयारीस्वरुप विभिन्न उपसमिति गठन गरिएका छन् । महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्नका लागि १८ वटा उपसमिति गठन गरिएको हो ।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछाने मूल संयोजक रहेको महोत्सवमा आर्थिक उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, स्टल निर्माण तथा व्यवस्थापन उपसमितिको संयोजकमा उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल, कलाकार व्यवस्थापन उपसमितिको संयोजकमा वाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा रहेका छन्। 

यसैगरी प्रायोजन उपसमितिको संयोजकमा पूर्वप्रथम उपाध्यक्ष विषमकुमार श्रेष्ठ, झाँकी तथा ¥याली व्यवस्थापन उपसमितिमा पूर्वकेन्द्रीय सदस्य बलराम कर्माचार्य, भलिबल प्रतियोगिता उपसमितिमा पूर्वमहासचिव प्रकाश कर्माचार्य, साउन्ड सिस्टम उपसमितिमा सचिव कमल जिसी, आर्थिक परिचालन समन्वय उपसमितिमा मानसिंह कोषाध्यक्ष भण्डारी, बजार साजसज्जा उपसमितिमा सदस्य तिला गिरी रहेका छन् । 

यस्तै, मूल ब्यानर उपसमितिमा कार्यसमिति सदस्य राजकुमार श्रेष्ठ, फोटो प्रदर्शनी उपसमितिमा सदस्य राजन गुरुङ, रमाइलो मेला उपसमितिमा दीपेन्द्र गिरी, विद्युत् व्यवस्थापन उपसमितिमा सदस्य मधुसूदन उपाध्याय, ब्याच निर्माण उपसमितिमा राजु पौडेल, फूलमाला उपसमितिमा माया गिरी र प्राथमिक उपचार उपसमितिमा भरत गौतम रहेका छन्।

अन्य उपसमिति आवश्यकताअनुसार सचिवालयले निर्माण गर्ने महोत्सव आयोजक समितिका सदस्य सचिव तथा सङ्घका महासचिव ठाकुर बी पौडेलले जानकारी दिए । 

पर्वत उद्योग वाणिज्य सङ्घमा बुधबार बसेको कार्यसमिति, पूर्वअध्यक्ष, सल्लाहकारसहितको बैठकमा पश्चिमाञ्चल क्षेत्रीय औद्यागिक व्यापार मेला तथा पाँचौँ पर्वत महोत्सवलाई फरकपनका साथै ऐतिहासिक बनाउने निर्णयसमेत गरिएको छ ।

, , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...