मुखर्जीको बिरोध: आकाशमा ३० ओटा कालो झण्डासहितको बेलुन, २ माओवादी कार्यकर्ता पक्राउ


पोखरा १९ कात्तिक ।

नेपालको भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालो झण्डा देखाउने नयाँ तरिका अपनाइएको छ । 

अहिलेसम्म अपनाइदै आइएको सभा, बिरोध प्रदर्शनमार्फत कालो झण्डा देखाइने प्रलचनको साटो विप्लव माओवादीले पोखरामा आज ३० ओटा कालो झण्डा सहितको बेलुन आकाशमा उडाएर नयाँ तरिकाको अभ्यास गरेको छ । 

त्यस्तै प्रणव मुखर्जि पोखरा आगमनको बिरोधमा रहेको विप्लव नेतृत्वको नेकपा माओवादी कास्कीका २ कार्यकर्तालाई प्रहरीले कालो झण्डा सहितको बेलुन उडाइसकेपछि गिरप्तार गरेको छ ।

पक्राउ पर्नेमा नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी "जगन बा" माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बन्बहादुर हितां मगर रहेका छन् ।

मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुने समय पारेर पोखराको हनुमानटोलबाट कालो झण्डा सहितको बेलुन उडाइएको थियो ।


पोखरा बिमानस्थलको नजिकै रहेको सो स्थानबाट बेलुनमा कालो झण्डा हालेर आकासमा उडाईएको हो । बेलुन सहितको झण्डा आकासमा छरिएर उडीरहेका छन्। 

पोखरामा सुरक्षा ब्यबस्था कडा पारीएको छ । पोखरामा रहेको भारतिय पेन्सन क्याम्पमा पुर्ब गोर्खा सैनिकहरुलाई संबोधन गरेपछि उनि आजै काठमाडौँपछि भारत फर्कने कार्यक्रम छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...