शान्ति सम्झौताका १० बर्ष : एकै मञ्चबाट के भने विप्लव र बैद्यले ? (भिडियोसहित)

  • दिया चन्द, काठमाडौं ५ मंसिर ।

विस्तृत शान्ति सम्झौता भएको आज १० बर्ष पुगेको छ । शान्ति सम्झौता भएको १० बर्ष पुगेकै दिन सम्झौताको एक पक्ष माओवादी विभाजित भएर बनेका अलग अलग पार्टी नेकपा क्रान्तिकारी माओवादी र नेकपा (माओवादी) का नेताहरु एकै मञ्चमा उभिएर पुराना दलहरुले सम्झौताको उलंघन गरेको बताएका छन्।

शान्ति सम्झौताको १० वर्ष पूरा भएको अवसरमा जनअधिकार अभियानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा(माओवादी) महासचिव विप्लव र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण लगायतका नेताहरुले यस्तो धारणा राखेका हुन् ।

हामीले अर्को संबिधान तयार पारिसकेका छौ : विप्लव

                                                         भिडियो हेर्नुहोस् 


नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले पुरानो संविधानको विकल्पकमा आफुहरुले जनसंबिधान तयार पारिसकेको बताएका छन् ।

उनले भने "पुराना दलहरुले विस्तृत शान्ति सम्झौताको प्रतिवद्धता विपरीत माओवादीलाइ एक्ल्याएर संबिधान जारी गरेको हुनाले जनताको मागको सम्बोधन नहुने संबिधान लागु हुन नसक्ने भएकोले हामीले नयाँ जन संबिधान तयार पारेका छौ।" उपर्युक्त बेला आउँदा आफुहरुले जनसंबिधान जारी गरी जनताकै अदालत पनि खडा गर्दै आफुहरुले तयार पारेको संबिधान लागु गर्ने उनको भनाइ थियो।



संसदबादीहरुलाई कठघेरामा उभ्याउने चेतावानी 

यस्तै नेकपा (माओवादी) का महासचिब विप्लवले संसदबादीहरुले माओवादी र जनतालाई धोका दिएकाले तिनका नेताहरुलाई जनताको कठघरामा उभ्याउने चेतावानी दिएका छन् ।

आफ्नो अधिकारका लागि लडेका दल र तिनका कार्यकर्ताको अपमान गर्दै गणतन्त्र प्राप्ति पनि संसदबादीहरुले उही पुरानै व्यबस्था ब्युत्याउन थालेको भन्दै विप्लवले शान्ति सम्झौताको मर्म बिपरित यस्तो हर्कत गर्ने गद्दारहरुलाई जनताको कठघेरामा उभ्याउनुपर्ने चेतावनी दिए ।

राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन चलेका सबै प्रकारका आन्दोलनमा ब्यक्त भएका जनताको अभिमत र प्रतिबद्धता बिपरित पुराना दलहरुले आफ्नो स्वार्थपूर्तिका निम्ती राष्ट्रघात गरकाले उनीहरुलाई उन्मुक्ति दिन नसकिने विप्लवले बताएका छन् ।



शान्ति सम्झौताका नाममा प्रचण्डले दलाल संसदीय व्यवस्थासंग आत्मसमर्पण गरे : बैद्य

                                               भिडियो हेर्नुहोस् 


यस्तै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले शान्ति सम्झौताका नाममा प्रचण्डले दलाल संसदीय व्यवस्थासंग आत्मसमर्पण गरेको बताएका छन्

प्रचण्ड भारतीय बिस्तारबाद र नेपालको दलाल संसदीय व्यबस्थामा लम्पासार परिसकेकोले उनीबाट अब परिबर्तन सम्भब नभएको जिकिर्गरेका छन् ।

उनले प्रचण्डले जनयुद्दको एजेन्डालाइ लत्याउदै आफु संसदीय फोहोरी खेलमा फसिरहेको आरोप समेत लगाएका छन् । 

त्यस्तै बैद्यले अबको परिबर्तनका लागी सम्पूर्ण क्रान्तिकारी शक्तिहरुको एकतालाइ बलियो बनाउदै जनजीविका जनतन्त्र र राष्ट्रियताका लागी आन्दोलन गर्नु पर्नेमा जोड दिए । 

विस्तृत शान्ति सम्झौता अपुरो छ, तै पनि यसलाई संस्थागत गरौ : नारायणकाजी श्रेष्ठ



त्यस्तै कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले विस्तृत शान्ति सम्झौता अपुरो रहेको बताएका छन्। 

उनले आफ्नो पार्टीले शान्ति सम्झौताको मर्म अनुसार सेना समायोजन र संबिधानसभा सहभागिता जनाएको भन्दै बिस्तृत शान्ति सम्झौतामा थुप्रै कमीकमजोरीहरु छन् तै पनि यसलाई संस्थागत गर्नुपर्ने बताए ।

कैयौ कमजोरी रहे पनि जनयुद्द र जनान्दोलनका उपलब्धिलाइ सस्थागत गर्न भए पनि यसलाई जोगाउनु पर्ने नारायणकाजीको तर्क थियो ।

कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, नागरिक समाजका अगुवा पद्म रत्न तुलाधर, डा. सुन्दरमणि दीक्षित, लगायतका वक्ताहरुले आफ्नो धाराणा राखेका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...