प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं १९ कात्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित सभामुखको चेम्बरमा भएको शीर्ष दुई नेताको भेटमा संविधान संशोधन तथा कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले हालै मात्र मधेसी मोर्चासँग कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता गर्ने सहमति गरेका छन् । तर, एमाले अध्यक्ष ओली सहितका नेताहरुले भने यसबारे आफूहरुसँग कुनै छलफल नभएको बताएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...