नेकपा (माओवादी)ले भारतीय राजदूताबास घेराउ गर्दै


  • काठमाडौं, १९ कात्तिक ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपा माओवादीले आज काठमाडौं लैनचौर स्थित भारतीय राजदूताबासमा ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

आज मध्यान्ह १२ बजे काठमाडौंको शान्ति बाटिकामा भेला भई नाराबाजीसहितको जुलुस राजदूताबास पुगेर ज्ञापन पत्र बुझाउने तयारी भइरहेको छ ।

भारतको जम्मु काश्मिरमा मृत्यु भएका भारतीय गोरखा सैनिक अर्थात नेपाली नागरिक विमल तामाङको विषयमा ज्ञापन पत्र बुझाउन लागिएको हो । माओवादीले पहिलादेखि नै गोरखा भर्ती केन्द्र रोक्न कुरा उठाउँदै आएको छ ।

यहीँ कात्तिक १५ गते जम्मु काश्मिरको राजौरी बालकोटनजिकको लाइन अफ अन्ट्रोलमा भारतीय सेनामा कार्यरत नेपालका विमल तामाङको भारत पाकिस्तानबीचको युद्धको क्रममा ज्यान गएको थियो ।

विदेशी भूमिका भारतीय विस्तारवादको सुरक्षा गर्ने क्रममा तामाङको मृत्युले सबै स्वाभिमानी नेपालीलाई दुखित तुल्याएको भन्दै विप्लव नेतृत्वको माओवादीले आज सोही विरोध स्वरूप ज्ञापन पत्र बुझाउन लागिएको हो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...