संसारकै आकर्षक नेपाली राष्ट्रिय झण्डा, यस्तो छ इतिहास


प्रत्येक देशको आ–आफनो राष्ट्रिय झण्डा हुन्छ । हरेक देशको झण्डा फरक फरक हुन्छन् र तिनको आफ्नै विशेषता छन् ।

झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यद्यपी त्यसबारे कुनै ठोस प्रमाण भेटिएको छैन ।

लडाइँको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे ।

शुरुमा लौरामा बाँधेर टांगिने ती रंगीन कपडाहरुलाई विशेष आकार, प्रकार र रुपरङमा बनाउन थालिएको इतिहास छ ।

सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् ।

संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।

१९ औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट गरेका हुन् । अमेरिकामा जेएल हड्सनले विश्वमै सबैभन्दा ठूलो झण्डा बनाएका थिए ।

सन् १९४९ जुन १४ मा निर्मित उक्त झण्डाको लम्बाई ३२५ फुट र चौडाई १०४ फुट थियो । १ हजार ५ सय पाउण्ड तौलको उक्त झण्डालाई प्रत्येक बर्ष १४ जुनका दिन अमेरिकामा फहराउने गरिन्थ्यो, जुन चलन हालसम्म पनि कायम छ ।

अमेरिकी झण्डामा हुने ५० वटा ताराले त्यहाँका ५० वटा राज्यको संकेत गर्छ । यसैगरी भारतको तिरङ्गा अर्थात तीन रङले बीरता, शान्ति र समृद्धिको अर्थ राख्ने गर्दछ ।

बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ ।

यस प्रकार प्रत्येक देशका झण्डामा अंकित रंग र संकेतले केही न केही अर्थ राख्ने गरेको छ । (एजेन्सीको सहयोगबाट)

, ,

प्रतिकृया दिनुहोस्

Loading...