सीमांकनको विरोधमा दैलेख बन्द, रोल्पाली पनि आन्दोलनमा


  • दैलेख, १४ मंसिर ।

दैलेखमा ११ वटा स्थानीय तह रहने गरी भएको सीमांकन प्रस्तावमा असहमत पक्षले मंगलबारदेखि अनिश्चितकालिन दैलेख बन्द गरेका छन् ।

इलाका नम्बर ७ का तीन गाविस मालिका, गौरी र कालभैरववासीले गमौडीलाई समेत गाभेर ज्वालामालिका गाउँपालिका बनाउनु पर्ने माग गर्दै गरेका बन्दका कारण बिहानैदेखि दैलेख–सुर्खेत आवागमन गर्ने गाडी चल्न सकेका छैनन् ।

मंसिर ८ गते स्थानीय प्रशासन र सीमांकन निर्धारण गर्ने जिल्ला प्राविधिक समितिसँग भएको सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएकाले बन्द गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको दिउँसो आन्दोलनकारी र राजनीतिक दलहरुसँग छलफल गर्ने तयारी भएको जानकारी दिए ।

रोल्पाली पनि आन्दोलनमा

रोल्पा लगायत पश्चिमका पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोधमा मंगलबार रोल्पा बन्द गरिएको छ ।

सरकारले पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको विरोधमा चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले जिल्ला बन्द गरेका हुन् ।

बन्दका कारण बजार, कलकारखाना तथा यातायातका साधन ठप्प छन् । जिल्लाको सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तर्गत सोमबार आधादिन जिल्ला बन्द गरिएको थियो ।

संघर्ष समितिले अहिलेसम्म विरोध ¥याली, प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने, चक्का जाम गर्ने, बजार कलकारखाना बन्द गर्ने लगायतका संघर्षका कार्यक्रम गरिसकेको छ ।

यसैबिच रोल्पाली र प्युठानीले संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । सोमबार प्युठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्युठानका संघर्ष समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...