एडुरिजले बनाए युरोपा लिगमा पाँच गोलको कीर्तिमान

- काठमाडौं १९ कात्तिक ।
एथ्लेटिको बिल्बाओका स्ट्राइकर एडुरिजले युरोपा लिगमा पाँच गोल गर्ने पहिलो फुटबलर बनेका छन् ।
बिहीबार राति भएको खेलमा बिल्बाओले केआरसी जेन्कलाई ५-३ गोल अन्तरले हराएको छ । र, बिल्बाओका लागि पाँचै गोल ३५ वर्षे स्पेनिस एडुरिजले गरे । जसमध्ये तीन गोल भने पेनाल्टीमा सम्भव भएको थियो ।
सन् १९७१ मा युरोपा लिग सुरुभएदेखि अहिलेसम्म कुनै खेलाडीले एकै खेलमा पाँच गोल गरेका थिएनन् । घरेलु मैदानमा भएको खेलमा बिल्बाओले आठौं मिनेटमा नै एडुरिजको गोलबाट अग्रता लिएको थियो । २४ औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता दोब्बर पारे । २८ औं मिनेटमा जेन्कका बेलीले गोल गरे ।
तर, ४४ औं मिनेटमा एडुरिजले पेनाल्टी गोल गर्दै हृयाट्रिक पुरा गरे र एथ्लेटिको पहिलो हाफमा ३-१ क्ो अग्रता लिन सफल भयो ।
भ्रमणकारी टोलीका लागि ५१ औं मिनेटमा एनडीडीले गोल गोल गरे । ७४ औं मिनेटमा बिल्बाओका एडुरिजले चौगो गोल गरे ।
लगाातार खेलमा र्फकने प्रयास गरेको जेन्कका लागि ७९ औं मिनेटमा सुजिकले गोल गरे । तर, खेलको अन्तिममा बिल्बाओले फेरि पेनाल्टी पायो र एडुरिजले नै गोल गर्दै टोलीलाई ५-३ को जित दिलाएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...