वायर्न म्युनिख पनि नकआउट चरणमा



म्युनिख, कात्तिक १७ (एजेन्सी) 

रोबर्ट लेबान्डोस्कीको निर्णायक दुई गोलका कारण डच क्लब पिएसभी इन्डहोभनलाई २–१ ले पराजित गर्दै जर्मनी क्लब वायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। 

मंगलबार राती इन्डहोभनसँग तीन अंक चोरेको म्युनिख समूह ‘डी’ को ४ खेलमा ९ अंक बटुल्दै अन्तिम १६ का लागि छनोट भएको हो। इन्डहोभले खेलको सुरुवातमा अग्रता बनाएको थियो। 

आरियासले १४ मिनेटमै गोल गरेपछि म्युनिख सुरुवातमा पछाडि पर्न पुगेको हो। तर, यो नतिजालाई उल्टाउदै ३४ मिनेटमा लेबान्डोस्कीले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याए। 

दोस्रो गोल उनले ७३ मिनेटमा गरे। यो समूहमा २ खेल खेल्न बाँकी रहँदै अन्तिम १६ मा स्थान पाउने अर्को टोली एट्लेटिको म्याड्रिड हो। उसले कुनै खेल नहारि १२ अंकका साथ नकआउटमा स्थान बनाइसकेको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...