इजरायली फुटवल टिममाथि आइएसकाे आक्रमण, १ पक्राउ

एजेन्सी, ३ मंसिर ।

कोसोभो प्रहरीले अतिवादी समूह स्लामिक स्टेट आइएसले इजरायली फुटवल टिममाथि आक्रमण गरेको जनाएको छ ।

गएको अन्तिम हप्ता अल्बानिया भिजिटको क्रममा इजरायली फुटलबल टिममाथि आक्रमण भएको प्रहरीको भनाई छ ।

विश्वकप फुटवल छनोट खेल्ने इजरायली फुटवल टिमलाई आइएसले आक्रमण गरेको हो । प्रहरीले यो योजनावद्ध तरिकाले गरीएको आक्रमण हुन सक्ने आशंका गरेको छ । घटनास्थलबाट विस्फोटक पदार्थ र हतियार पनि फेला पारेको विविसीले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।

दुई जना अल्बानियनको सहयोगमा यो आक्रमण भएको हुनसक्ने आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो म्याच अल्बानियामा हुन लागेको थियो । पछि अन्यत्र ठाउँमा सारियो र म्याच इजरायलले ३ – ० ले जित्यो । कोसोभोमा अल्बानियनहरुको बाहुल्यता छ ।

सन् १९९९ मा साइबेरियाबाट यो देश टुक्रिएको हो । यो देश संयुक्त राष्ट्र संघको सदस्य छैन ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...