चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो
काठमाडौं, ६ मंसिर ।
चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा मिडल्सबर्गलाई १–० ले हराएर चेल्सी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
चेल्सीको जितमा ४१ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो ।
चेल्सीको जितमा ४१ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो ।
कोस्टाले प्रिमियर लिगमा यो सिजन अहिलेसम्म १० गोल गरेका छन् । तीन गोलका लागि सहयोग गरेका उनी यो सिजनको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छ ।
कोस्टाको गोलले महत्वपूर्ण जितका निकालेको चेल्सीको १२ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा झरेको लिभरपुलको २७ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको २७ र चौथो स्थानको आर्सनलको २५ अंक छ । ११ अंकसहित मिडल्सबर्ग भने १५ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्
Loading...