नायिका श्वेताले गरिन 'क्यासिङ किङ'का नामले परिचित ‘डन’सँग विवाह

  • काठमाडौँ, १५ मङ्सिर | 

मनी र मसल्स’ चल्छ सिने नगरीमा । कसैको प्रेम विवाह डनसँग । कोहीको धनाढ्यसँग । 

अनुप बरालले आफ्नै विद्यार्थी नायिका दिया मास्केलाई भित्र्याए भने जीवनभर विवाह नगर्ने कस खाएकी नायिका मिथिला शर्मा समेत बुढेसकालमा पूर्व आइजीपी मोतीलाल बोहोराको कान्छी श्रीमती बनिन् । 

श्रीकृष्ण श्रेष्ठकी श्रीमती श्वेता खड्कासँगै नाम ठ्याक्कै मिलेकी नायिका श्वेता भट्टराईले प्रहरीले ‘डन’को सूचीमा राखेका मिलन सापकोटासँग विहे गरिन् | मिलन क्यासिङ किङका नामले चिनिने बलराम सापकोटा ‘बले’का भाइ हुन् । 

बले पटक—पटक पक्राउ परेपनि मिलन भने फुक्काफाल छन् । प्रहरीले गुण्डागर्दी र क्यासिनो लगानीकर्ताको सूचीमा राखेपनि मिलनले आफू कुनै अवैद्य गतिविधीमा संलग्न नरहेको बताउँदैं आएका छन् । 


पहिला क्यासिनोमै टेबल चलाउथे । उनै मिलनले दीपक मनाङगेको लगानी रहेको प्रोड्युसर, ब्ल्याकमेलजस्ता सिनेमामा अभिनय गरेकी श्वेता भट्टराईसँग विवाह गरेका हुन् ।आजको जनआस्थामा साप्ताहिकमा समाचार छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...