कोइलाखानीमा विस्फोट, १५ जनाको मृत्यु

काठमाडौँ १६ कात्तिक ।
दक्षिणपश्चिम चीनको चिङक्वीन नगरपालिकामा अाइतबार भएको कोइलाखानी विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।
जिङसाङगाओ कोइलाखानीमा सोमबार बिहान ११ः३० बजे भएको विस्फोटपछि १८ जना कोइला खानीभित्र थुनिएका बताइएको छ। घटनामा दुई मजदुर बाँच्न सफल भएका प्रशासनले जानकारी गराएको छ।
घटनापछि प्रशासनले करिब २०० उद्धाकर्मीलाई घटनास्थलमा पठाएको छ । उक्त कोइलाखानीबाट वार्षिक ६० हजार टन कोइला उत्पादन गरिने गरेको थियो। सिन्ह्वा
प्रतिकृया दिनुहोस्
Loading...