जोडर्नमा तीन जना अमेरिकी सैनिक प्रशिक्षकको हत्या



काठमाडौं, २० कात्तिक ।

जोडर्नमा तीनजना अमेरिकी सैनिक प्रशिक्षकको हत्या गरिएको छ । जोर्डनमा रहेको हवाई सुरक्षा अड्डामा गोली लागि तीन सैनिक प्रशिक्षकको ज्यान गएको अमेरिकी अधिकारीले बताएका छन् ।

एकजनाको घटनास्थलमा नै ज्यान गएको हो भने अरु दुईजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

जोर्डनको दक्षिणी क्षेत्रमा रहेको अल–जाफ्र हवाई अड्डामा रहेको आर्मी प्रशिक्षण केन्द्रको मूलद्वारमा पुग्न लागेका बेला अमेरिकी सैन्य प्रशिक्षक चढेको गाडीमा गोली हानिएको सिएनएनले जनाएको छ ।

तालिम केन्द्रबाट गोली हानिएको थियो । घटनाको कारण थाहा नभएको र जोर्डनसँग मिलेर अनुसन्धान भइरहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । (एजेन्सी)

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...