भारु नोट साट्न लाइन बसेका व्यक्तिहरुबीच झडप, ३३ जनाको मृत्यु



इमान्दार मिडिया सम्बाददाता । 

काठमाडौं २ मंसिर ।

भारत सरकारले पाँच सय र हजार रुपैयाँको नोट माथि प्रतिबन्ध लगाएपछि त्यहाको जनजीबनमा निकै नै प्रभावित भएको छ । 

खुद्रा नोटको अभावले अहिले भारतका अधिकांश बैंकहरुमा दिनहु लाइन लम्बिने गरेका छन् । लाइनमा बस्दा बस्दै एक साताभित्र ३३ जनाको निधन भइसकेको छ। 

इन्डियन एक्सप्रेसले पाँच सय र हजार रुपैयाँको नोट साट्न बसेका साथै घरायसी झगडा हुँदा करिब तीन दर्जन व्यक्तिको निधन भएको जनाएको छ। 

नोट नपाउँदा निधन हुनेमा सर्वप्रथम पञ्जाव तारन तारनका सुखदेव सिह थिए। छोरीको बिहे अगाडि सरकारले नोटमा प्रतिबन्ध लगाएपछि हद्यघातका कारण उनको निधन भएको थियो।

, ,

प्रतिकृया दिनुहोस्

Loading...