रेल दुर्घटना अपडेट: ६३ को मृत्यु, सयौ घाइते



                                             
  • काठमाडौँ ५ मंसिर । 
भारतमा भएको रेल दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ भने सयौ घाइते भएका छन् । इन्दौरबाट पटना गई रहेको पटना-इन्दौर एक्सप्रेस उत्तर प्रदेशको कानपुरमा आइतबार बिहान करिब तीन बजे दुर्घटनामा परेको हो ।    
रेलवेका प्रवक्ता अनिल सक्सेनाका अनुसार रेलको १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको छ । कानपुरका प्रहरी अधिकारीहरुले उक्त रेल पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन्। 

उनीहरुका अनुसार, डिब्बाहरु काटेर त्यहां फसेका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ। घाइतेको संख्या धेरै भएको र केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । 

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धार कार्य जारी रहेको बताए। उनले आफ्नो ट्वीटमा लेखेका छन्, “यो दुर्भाग्यपूर्ण घटनासंग जुझ्नका लागि राहत र उद्धार कार्य जारी छ। 

चिकित्सक तथा अन्य सहयोगी टोली दुर्घटनास्थलमा खटाइएको छ”। गृहमन्त्री राजनाथ सिंहले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै विपदका बेला खटिने सुरक्षा अंग एनडीआरएफको विशेष टोली दुर्घटनास्थल पठाउन आफूले निर्देशन दिएको बताएका छन्। 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...