• अफिसिएल भनाइ

Imandarmedia.com इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो। 

इमान्दार मिडिया, खास गरी नेपलाको परिबर्तनकामि आन्दोलनसँग जोडिएर काम गर्ने संघसस्था, राजनीतिक दल, र देश बिदेशमा रहने समाजका लागी काम गर्ने जुनसुकै व्यक्ति र हरेक क्षेत्रका समाचार आम विश्व समुदायसम्म पुर्‍याउनका लागि निरन्तर जागै रहने छ ।

समाजमा बढ्दै गइरहेको अपराध, भ्रष्टाचार, सामाजिक बिकृति र कुरीतिका साथै हाम्रै मिडिया जगतमा देखिएका खराबीका बिरुद्ध पनी पाठकलाइ जानकारी दिदै आम नागरिकलाई सचेत गराई सभ्य समाज निर्माणमा टेवा पुर्याउन इमान्दार मिडियाले भूमिका खेल्ने छ ।

इमान्दार मिडियाले जनसरोकारका हरेक खबरलाई प्रकाशन/प्रशारणको मुख्य प्राथमिकतामा राख्ने छ । देश राजनीति र हरेक क्षेत्रको खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानु हाम्रो कर्तब्य ठानेका छौं। 

हामीले जनसरोकारसँग जोडिएका बिषयबस्तुलाई जहिले पनि प्रमुख एजेण्डा बनाउदै निश्पक्षरुपमा पाठकसामु पस्किने छौं ।

आर्थिक, स्वास्थ्य, शिक्षा, साहित्य, प्रवास, खेलकुद, राजनीति, बिज्ञान प्रविधि, जिबन शैली, समाजसेवा, मनोरञ्जनका साथै रोचकखबरहरुलाई पनि हामी तपाइँ सामु प्रस्तुत गर्दै जानेछौँ ।

राष्ट्रियता, जनतन्त्र, जनजीविका, राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका सवालमा इमान्दार मिडिया कहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन । 

हामी दलित, महिला, जनजाती, आदिबासी, उत्पीडित बर्ग, क्षेत्र, समुदायका बिषयहरुलाई मुख्य समाचारका रुपमा प्रस्तुत गरी निरन्तर पाठक सामु ल्याउने प्रयास जारी राख्नेछौ । ब्रेकिङ्ग भन्दा पनि बिस्तृत खबर दिने हाम्रो मिसन हुनेछ।

प्रतिकृया दिनुहोस्

Loading...