मात्र २० घण्टाका लागि खुल्यो बन्द अर्घाखाँची
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgR5nQJ-NGcPpr-Justyz-oJYpXYrutSR7q8nE2Uca0Z-j4u7pBi5mEj3njBa6859qS_tt2Lc9LrCWwqQmoIe7lTBUkm-cDRNYYMv5HxmIGzvPyCO9pKIEp3vKJKzXB3LmrxQBN83Hw1yYW/s640/aa%25284%2529.jpg)
- काठमाडौं, १९ मंसिर ।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि अनिश्चितकालिन बन्द भएको अर्घाखाँची आइतबार दिउँसो तीन बजेबाट खुलेको छ ।
सोमबार सन्धिखर्कमा हुने बृहत जन प्रदर्शनमा गाँउका नागरिकलाई पनि उतार्ने भन्दे आइतबार दिउँसो ३ बजेदेखि सोमबार बिहान ११ बजेसम्मका लागि बन्द खोलिएको संघर्ष समितिका संयोजक बिष्णु मुस्कानले बताए ।
अर्घाखाँचीमा लगातार पाँच दिनदेखिको बन्दले जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दूरीको गाडी चल्न सकेका छैनन् । बजार उद्योग धन्दा तथा कलकारखाना ठप्प भएका छन् ।
बन्दका कारण स्थगित भएको विद्यालयको अर्धबार्षिक परीक्षा मंगलबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको संयोजक मुस्कानले बताए । बन्दमा उद्योग वाणिज्य संघ, प्याबसन, पत्रकार महासंघ र अन्तर पाटी महिला सञ्जालको पनि ऐकयबद्धता छ ।
प्रतिकृया दिनुहोस्
Loading...