इन्धनको अभावमाले विमान दुर्घटना भएको पुष्टि


  • कोलम्बिया, १६ मङ्सिर ।

गत मङ्गलबार कोलम्बियाको पहाडी इलाकामा ठोक्किँएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको पत्ता लागेको छ । 

‘ककपिट भ्वाइस रिकर्डर’ रिकर्ड भएअनुसार सो दुर्घटना तेल अभावको कारण भएको तथ्य फेला परेको कोलम्बियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।

दुर्घटना हुनु अगाडी विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सुचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएको बताइएको छ ।

कोलम्बियाका सञ्चार माध्यमहरुले बुधबार जनाएनुसार मेडेलिननजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले “यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,” भनेका थिए ।

दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडीहरु र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो ।

यस दुर्घटनालाई खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...