सुनको मूल्य बढ्यो

काठमाडौँ, ४ पुस | 
आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। आइतबार रति तोला ५२ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर ५२ हजारमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।

 चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...